कुल पुजा (२०५४)

२०५४ सालमा श्री देबेन्द्र कुमार श्रेष्ठको अधक्ष्यतामा केहि दाजुभाईको सदस्यहरुको परिवार भाङ्गबारि दमकमा श्री डम्बर केशर श्रेष्ठको कोठेबारीमा भेला भई देवाली पुजा सम्पन्न भयो र अरु दाजुभाईहरुले सिरुझारमा देवाली पुजा सम्पन्न गरे . उक्त घटना पछि यस परिवारका सदस्यहरु शंकर प्रसाद श्रेष्ठ, महेश कुमार श्रेष्ठ, नर बिक्रम श्रेष्ठ, गजेन्द्र कुमार श्रेष्ठ, लक्ष्मी दास श्रेष्ठ, समेतको पहल र सक्रियतामा दाजुभाईहरुको बृहद भेला गराई बिगतका सम्पूर्ण कमिकमजोरिहरुका बारेमा समिक्षा गरि कमीकमजोरी महशुस गराउनु भयो . उक्त भेलाले परिवारलाई संस्थागत रुपमा संगठित गरि विधिवत संस्था दर्ता गरि पारदर्शी रुपमा संचालन गर्ने निर्णय गरयो .