चौथो साधारण सभा (२०६८)

चौथो साधारण सभा २०६८ सालमा भोलामान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो . सो साधारण सभा सम्म आईपुग्दा कुल पुजा गर्ने भण्डारण (स्टोर) कोठाको आवश्यकता महसुस गरि श्री देबेन्द्र कुमार श्रेष्ठ र नरेन्द्र कुमार श्रेष्ठ बाट १/१ कोठाको भवन रु. १००००० (एक लाख)/१००००० (एक लाख) को लागतमा बनाई सहयोग गरि दिनु भई संस्थालाई जिम्मा समेत दिनु भयो . साथै सौचालयको आवश्यकता महशुस गरि अध्यक्ष भोलामान श्रेष्ठबाट रु. ३०००० (तिस हजार) को लागतमा एउटा सौचालय समेत निर्माण गरि संस्थालाई हस्तान्तरण गर्नु भयो . हाम्रो भान्जो खाल मोरंग पथरी निवासी दिलीप श्रेष्ठ (ठेगदार ठुले) ले रु. ७००० (सात हजार) मोल पर्ने काठ, ढोकाहरु मन्दिर भवन निमार्णमा सहयोग गर्नु भई उल्लेखनीय योगदान गर्नु भएको छ . साथै यस साधारण सभाबाट २ बर्षको लागि नयाँ कार्य समिति चयन गरि कार्यभार जिम्मा लगायो र २०७० साल फाल्गुनमा पाँचौ साधारण सभा र कुल पुजा गर्ने निर्णय समेत भयो . नया कार्य समिति निम्न अनुसार छन् .

अध्यक्ष: सुरेन्द्र कुमार श्रेष्ठ

उपाध्यक्ष: उत्तम श्रेष्ठ

सचिव: जगत बहादुर श्रेष्ठ

कोषाध्यक्ष: टस बहादुर श्रेष्ठ

सदस्य: बिर बहादुर श्रेष्ठ

सदस्य: गुण राज श्रेष्ठ

सदस्य: युबराज श्रेष्ठ

सदस्य: कुल बहादुर श्रेष्ठ

सदस्य: गोविन्द श्रेष्ठ

सदस्य: रत्न कुमार श्रेष्ठ

सदस्य: भुवन श्रेष्ठ